आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशद्वारा पाकिस्तानलाई १२८ रनको लक्ष्य

आइतबार, २० कात्तिक २०७९, ११ : ४३
आइतबार, २० कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पाकिस्तानलाई १२८ रनको लक्ष्य दिएको छ ।​ एडिलेडमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो ।

बंगलादेशका लागि नजमउल्ला सान्तोषले ५४ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै आफिफ हुसेनले २४ रन बनाउँदा सम्य सरकारले २० रनको योगदान गरे ।

बलिङतर्फ पाकिस्तानका लागि साहिन अफ्रिदीले सर्वाधिक चार विकेट लिए ।

त्यस्तै सादाब खानले दुई विकेट लिए । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा पुग्ने योजनामा छ । यता बंगलादेश पनि सोही लक्ष्यमा छ । दुबै टोली चार खेलबाट ४ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप