सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आचारसंहिता विपरीत भोट माग्दै जनप्रतिनिधि

आइतबार, २० कात्तिक २०७९, १३ : ००
आइतबार, २० कात्तिक २०७९

स्थानीय कार्यपालिका  तथा सोका पदाधिकारीलेहरुले कुनै पनि राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ । तर निर्वाचनको सरगर्मी बढेसँगै स्थानीय सरकार जनप्रतिनिधिहरू खुलेर  उम्मेदवारको पक्षमा प्रचारप्रसारसँगै भेला सभा र मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् । 

साझा पद धारण गरेका व्यक्तिहरुले खुलेर प्रचारप्रसार तथा भोट माग्न गाउँ गाउँ जाँदा निर्वाचन आचारसंहिताको नै धज्जी उडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी दाङ २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल अधिकारी बताउँछन् । 

निर्वाचनको रौनकसँगै स्थानीय सरकारका प्रमुख उपप्रमुखहरु खुलेर पार्टीको प्रचारप्रसारमा गर्दै हिँडिरहेका छन् । राही र तुलसीपुर उपमहानगरपालिको प्रमुख नरुलाल चौधरी र टीकाराम खड्का नेकपा एमालेका महासचिव दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलको प्रचारमा खुलेर हिँडिरहे पनि उनीहरूलाई कुनै नीति नियमले छुन सकेको छैन,'अधिकारी भने–‘ शंकर पोख्रेलले नियम मिचेर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई निर्वाचन प्रचारप्रसारमा हिँडाउनु कानुनको धज्जी उडाउनु हो । एक पटक मुख्यमन्त्री समेत भइसकेको व्यक्तिले यस्तो गर्नु कानुनी अपराध हो । ’ महासचिव पोख्रेलले घोराही र तुलसीपुर उपमहानगरपालिकालाई जनप्रतिनिधिहरू परिचालन गरी निष्पक्ष निर्वाचन हुने निर्वाचनमा मतदाता प्रभावित पार्न खोजिरहेको उनको आरोप छ । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार डा.भोला योगीले पनि मेयरहरु दलको प्रचारप्रसार लाग्नु नीति नियम विपरीत रहेको बताउँछन् । जसले सार्वजनिक पदको दुरुपयोग गरी राजनीतिक लाभ उठाउने उद्देश्यसहित नेकपा एमालेका महासचिव दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवारले जनप्रतिनिधि परिचालन गरेको उनको भनाइ छ । जसलाई तत्काल रोक्न पनि उनले माग गरेका छन् । 

त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फ दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार आसाराम वैद्यको भनाई पनि उस्तै छ । अहिले दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा १५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । तर स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेले घोराही र तुलसीपुर प्रमुख र उपप्रमुख विजयी भएकाले स्थानीय सरकार नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई विजयी बनाउन तल्लीन देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप