सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नयाँ बजारबाट जुवा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

आइतबार, २० कात्तिक २०७९, १३ : ०४
आइतबार, २० कात्तिक २०७९

काठमाडौं महानगरपालिका–६ नयाँबजार गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

श्रेष्ठको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले  उनीहरूलाई २ लाख ४२ हजार रूपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटासहित पक्राउ गरेको हो ।    
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप