आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तान सेमिफाइनलमा प्रवेश

आइतबार, २० कात्तिक २०७९, १३ : २०
आइतबार, २० कात्तिक २०७९

पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको  सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । एडिलेडमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछ्याएको पाकिस्तनले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै १२८ रन बनायो ।

पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले ५ खेलबाट ६ अंक जोड्यो ।  दोस्रो स्थानमा रहेको भारतको पनि समान अंक छ । अब भारत र जिम्बावे बीचको खेलपछि सेमिफाइनलमा कुन टिमसँग प्रतिस्पर्धा गर्ने भन्ने तय हुनेछ ।

पाकिस्तानका लागि सर्वाधिक मोहम्द रिजवानले ३२ रनको योगदान गरे । त्यस्तै मोहम्द हरिसले ३१ रन बनाउँदा कप्तन बाबर आजमले २५ रनको योगदान गरे । बलिङतर्फ बंगलादेशका लागि नसुम अहमद, मुस्तफिजुर रहमान, साकिब अल हसन र इबादोत हुसेनले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । बंगलादेशका लागि नजमउल्ला सान्तोषले ५४ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै आफिफ हुसेनले २४ रन बनाउँदा सम्य सरकारले २० रनको योगदान गरे ।

बलिङतर्फ पाकिस्तानका लागि साहिन अफ्रिदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै सादाब खानले दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप