सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारमा गएँ भने जरैदेखि भ्रष्टाचार अन्त्य गर्छु : रवि लामिछाने

आइतबार, २० कात्तिक २०७९, १३ : २९
आइतबार, २० कात्तिक २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए ।  त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे । सुर्खेतमा भएको चुनावी  सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरे ।

उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए । ‘आफ्ने बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन,’ उनले भने– ‘देशमा अनेकौं समस्या रहेको र यसको समाधानमा पुराना राजनीतिक दलहरुले चासो दिएनन्।’

साथै उनले आफ्नो पार्टी सरकारमा गए उपचार गरेर पैसा तिर्न नसक्ने नागरिकको सरकारले तिरिदिने बताए ।  यस्तै उनले नेपालमा उत्पादन भएका वस्तुहरूको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको समेत बताए। ‘म बाचा गर्दछु, उत्पादन वृद्धि गर्न र नेपालको उत्पादनलाई प्रोत्साहन गर्न राजनीतिक जीवनभर नेपाली पोसाक मात्र लगाउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप