सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार  खनालको एक्काइसौं कृति ‘भजनहरू’ सार्वजनिक

आइतबार, २० कात्तिक २०७९, १४ : ०६
आइतबार, २० कात्तिक २०७९

साहित्यकार महेश्वर खनालका एक्काइसौं कृति ‘भजनहरू’ प्रकाशित भएको छ । चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन,  सूर्य भजन, माता भजन,  भगवान भोले बाबा, कहाँ छन् हरि ?,आज राधाको नाच छ, एक सन्देश, केही कुरा, भन्दिन म त, अज्ञान, हाय ! हाम्रो चाला, के हो त ईश्वर ?,असली हिरा के हो ?,राधा, हा कृष्ण ! जस्ता ३९ वटा भजन सङ्ग्रहित छन् । 

उनीद्वारा लिखित विभिन्न पाठ्यपुस्तक, वैभव लक्ष्मी, चालिसा सङ्ग्रह,  एघार चालिसा सङ्ग्रह र आरती सङ्ग्रहका साथै सम्पादित तथा अनुवादित हनुमान चालिसा, विष्णु पुराण, श्रीमद्भागवत महापुराण सङ्क्षिप्त, दुर्गा चालिसा, शिव चालिसा, लक्ष्मी चालिसा, गणेश चालिसा, महाकाल शनि मृत्युञ्जय जस्ता कृति सार्वजनिक भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप