सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आत्महत्याका लागि उक्साउने विश्वको सबैभन्दा खतरनाक बिरुवा

आइतबार, २० कात्तिक २०७९, १४ : ५९
आइतबार, २० कात्तिक २०७९

जिम्पाई–जिम्पाईलाई विश्वको ‘सबैभन्दा खतरनाक बिरुवा’ भन्ने गरिन्छ । यो हेर्दा निकै नै साधारण बिरुवाजस्तो देखिन्छ । तर यसलाई छुँदा यसको काँडाले तपाईंलाई एकैपटक तातो एसिडले जलेको र बिजुलीको झट्काको महसुस गराउँछ । यो बिरुवाले मानिसहरुलाई यति तड्पाउँछ कि मानिसहरु आत्महत्याका लागि बाध्य हुन्छन् । त्यसैले त यसलाई ‘सुसाइड प्लान्ट’ समेत भन्ने गरिन्छ ।

यति खतरनाक हुँदा पनि बेलायतका एक व्यक्तिले यसलाई आफ्नो घरमा उमारेका छन् किनभने उनी आफ्ना पुराना प्लान्टदेखि बोर भइसकेका थिए । उनले यो बिरुवालाई पिँजडा भित्र बन्द गरेर राखेका छन् जसमा ‘खतरा’ को निशान बनेको छ ।

जिम्पाई–जिम्पाई प्रायः उत्तरपूर्वी अष्ट्रेलिया र मलेसियाको उष्णकटिबन्धीय वर्षावनहरुमा सिमित छ ।

‘एंकल बाइटर’ समेत भनिने यो बिरुवा १५ फिटसम्म पुग्न सक्छ तर प्रायः यो लगभग ३ फिटसम्म बढ्छ ।

डेलीमेलको खबर अनुसार डेनिएल एमलिन–जोन्सले जिम्पाई–जिम्पाईलाई निकै सावधानीपूर्वक हुर्काइरहेको बताएका छन् । उनले भने, ‘म एक मूर्खजस्तो देखिन चाहन्नँ । त्यसैले मैले यसलाई निकै सुरक्षित तरिकाले हुर्काइरहेको छु । केही बोटानिकल गार्डेनमा यो बिरुवा रोचक नमुनाको रुपमा रहनेछ ।’

यति खतरनाक बिरुवालाई उमार्ने निर्णय किन लिनुभयो भनेर उनलाई सोधिएको थियो ।

केही रोमाञ्चक गर्नका लागि रोपे बिरुवा

डेनिएल बोर भएका थिए र केही रोमाञ्चक गर्न चाहन्थे । उनले भने, ‘आफ्नो बगैँचामा धेरै नै केरा फलाएपछि मैले सोचेँ कि जिम्पाई–जिम्पाईले धेरै कुरामा रोमाञ्चकता थप्नेछ । मैले यसलाई वसन्तको मौसममा रोपेको थिएँ । ’

उनले भने, ‘यसले मेरो गार्डेनिङमा थोरै भएपनि रोमाञ्चकता थप्ने सोचपछि यो बिरुवा रोप्ने निर्णय लिएको हुँ । तपाईंले यसको बिऊ इन्टरनेटमा पाउन सक्नुहुन्छ तर यो जहाँ पायो त्यहि उम्रिदैनँ । मैले यसलाई मेरो घरको अगाडिको कोठामा राखेर उमारेको हुँ । ’

‘मैले यसको बिऊ अष्ट्रेलियाको एउटा कम्पनीबाट पाएको हुँ । यसको ६० अष्ट्रेलियन डलर जति परेको थियो, त्यसैले यसलाई सस्तो भन्न मिल्दैन ।

केही रिपोर्टका अनुसार जिम्पाई–जिम्पाई छोएका व्यक्तिलाई यसले एक वर्षसम्म तनावमा पार्न सक्छ । यदि यसको काँडालाई छालाबाट निकालिएन भने ।

दुखाईले पागल भएका व्यक्तिले आफैँलाई हाने गोली

एक व्यक्तिले कथित रुपमा दुखाईका कारण पागल भएपछि आफूलाई गोली हानेका थिए किनभने ती व्यक्तिले यसको पातलाई टोयलेट पेपरको रुपमा प्रयोग गरेका थिए । अक्सफोर्डका शिक्षक डेनिएल आफैँले पनि यसको खतराको सामना गरिसकेका छन् । उनले भने, ‘कुहिनासम्म पुग्ने लामो पञ्जा लगाउँदा पनि यसको काँडाले मलाई पनि थोरै घोचेको थियो तर त्यो सामान्य थियो, मैले खासै ठूलो समस्याको सामना गर्नुपरेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप