सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चर्को ब्याजमा ऋण खोजेर जनताको घरघरमा औषधि पुर्‍याएँ : चौधरी

सोमबार, २१ कात्तिक २०७९, ०९ : २४
सोमबार, २१ कात्तिक २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले विपत्को बेला चर्को व्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएको बताएका छन् । आइतबार लमहीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री चौधरी उक्त कुरा बताएका हुन् । 

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ । नाका नाका पुगेको थिएँ । जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ । दोस्रो चरणको कोभिड लहरमा म पनि सङ्क्रमित हुन पुगेँ । तर पनि जनताको सेवामा दिनरात भनिनँ । बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथि बनेको छु,’ मन्त्री चौधरीको भनाइ थियो । 

पहिलो पटक सांसद भएदेखि नै आफूले विद्यालय भवनहरू निर्माण गर्ने, अस्पताल निर्माण गर्ने, सीमा सुरक्षा देखि लिएर सिँचाइका थुप्रै योजनाहरूमा बजेट व्यवस्थापन गरेको मन्त्री चौधरीले स्मरण गराए । देउखुरीका जनताको मतबाट सांसद र मन्त्री समेत बनेको बताउँदै उनले फेरि पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता भएको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप