एलन मस्क र ज्याक डोर्सीबीच ट्विटरमा रोचक बहस
ट्विटरका नयाँ मालिक एलन मस्क र यसका संस्थापक ज्याक डोर्सीबीच ट्विटरमा रोचक बहस चलिरहेको छ ।
यी दुइलार्ई ट्विटरको उद्देश्य र कम्पनीका लागि प्रयोग हुने शब्दावलीबारे एक अर्कासँग सार्वजनिक प्लेटफर्ममा बहस गरिरहेको देख्न सकिन्छ ।
एलन मस्कले सबैभन्दा पहिला ट्विट गर्दै भने, ‘ट्विटर विश्वबारे जानकारी दिनका लागि हालसम्मको सबैभन्दा सटिक स्रोत बन्न आवश्यक छ । त्यो हाम्रो मिशन हो ।’
जवाफमा, ट्विटरका संस्थापक ज्याक डोर्सीले ट्वीट गरे, ‘कसको अनुसार सटिक ?’
यसमा मस्कले लेखे, ‘ट्विटरका मानिसहरूका अनुसार जसलाई उनीहरुले कम्युनिटी नोट (पहिला बर्डवाच नामले चिनिन्थ्यो) मार्फत् बताउँछन् ।’
जवाफमा डोर्सीले लेखे, ‘मलाई अझै पनि लाग्छ कि ‘बर्डवाच’ कम्युनिटी नोट भन्दा धेरै राम्रो नाम हो । हाम्रो उद्देश्य ‘धेरै जानकारी दिने प्लेटफर्म’ हुनुपर्छ ।’
accurate to who?
— jack (@jack) November 7, 2022
यसमा मस्कले भने, ‘मलाई बर्डवाच नाम मन पर्दैन ।’
त्यसपछि डोर्सी भन्छन्, ‘कम्युनिटी नोट फेसबुकले प्रयोग गर्ने एकदमै बोरिङ नाम हो ।’
बहस यहीँ रोकिएन, मस्कले डोर्सीको ट्वीटको जवाफ दिँदै लेखे, ‘हरेक नाममा ‘बर्ड’ शब्द हुन आवश्यक छैन । ट्विटर भित्र पनि धेरै बर्ड–ग्रुप एकअर्कासँग लडिरहेका छन् । यी एंग्री बर्ड हुन् ।’
एलन मस्क र ट्विटरबीचको सम्झौता भएदेखि नै मस्कले ट्विटरको बारेमा हरेक दिन नयाँ–नयाँ जानकारी आदान प्रदान गर्दै आएका छन् । पछिल्ला दिनमा ट्विटरले केही देशहरूमा सब्सक्रिप्सन मोडल सुरू गरेको छ । मस्कले प्रत्येक प्रमाणित खाताले ८ डलर शुल्क तिर्नुपर्ने घोषणा गरेका छन् ।
यसबाहेक, मस्क आएपछि धेरैलाई ट्विटरबाट निकालिएको छ, जसमा अधिकांश भारतीय कर्मचारीहरू छन् ।