आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपक बोहरालाई गृहमन्त्री हामी बनाउँछौँ : राणा

सोमबार, २१ कात्तिक २०७९, ११ : ४४
सोमबार, २१ कात्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष पशुपति शमशेर राणाले रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताएपछि गृहमन्त्री बनाउने बताएका छन् । भैरहवामा आयोजना गरिएको आज एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले आफ्नो मत सदुपयोग गर्न पनि दीपक बोहरालाई जिताउन आग्रह गरेका हुन् ।

उनले वर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शक्तिको दुरुपयोग गरिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए । उनले भने  तपाईंहरू दीपक बोहरालाई जिताए पठाउनुहोस् हामी गृहमन्त्री बनाउँछौ ,।

उनले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरू एक भएर लाग्ने समेत बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेतृत्वले दीपकको विजयको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनैतिक इमानदारितासँगै विजयीको सुनिश्चितता रहेको समेत बताए । यहाँ  राप्रपाले एमालेसँग तालमेल गरेको छ भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण मैदानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप