आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१८ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैँक

सोमबार, २१ कात्तिक २०७९, १२ : ३८
सोमबार, २१ कात्तिक २०७९

नेपाल राष्ट्र बैँकले सोमबार १८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैँकले २८ दिने, ९१ दिने र १८२ दिनेगरी तीन किसिममा कुल १८ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 
सूचना अनुसार २८ दिनका लागि बैँकले ५ अर्ब रूपैयाँ छुट्याएको छ भने ९१ दिनका लागि ७ अर्ब १० करोड रूपैयाँ र १८२ दिनका लागि ६ अर्ब रूपैयाँ छुट्याएको छ । 

आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिल भोलि मंगलबार अर्थात् कात्तिक २२ गते जारी हुनेछ । यसअघि बैँकले गत कात्तिक १४ गते तीन किसिममा १६ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप