सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

के हो डाबर च्यवनप्रास ? केके छन् यसका फाइदा ?

सोमबार, २१ कात्तिक २०७९, १४ : ४५
सोमबार, २१ कात्तिक २०७९

डाबर च्यवनप्रास प्राचीन भारतीय ज्ञानमा आधारित आयुर्वेद र नवीन विज्ञानका आधारमा बनाइएको एक पौष्टिक जाम हो । हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउने फाइदाजनक जाम हो । च्यवनप्रास संस्कृत भाषाबाट आएको शब्द हो । एक वृद्ध ऋषिलाई ‘च्यवन’ जवानी पुनर्स्थापित गर्नका लागि दुई प्राचीन ऋषिहरूले यसको आविष्कार गरेका थिए भन्ने भनाइ पाइन्छ । 

यसमा निहित घिउ, तिलको तेल र महले जडीबुटीलाई कोषिकाहरूको गहिराइमा लैजान उत्प्रेरक एजेन्टका रूपमा काम गर्दछ । महले शरीरमा उत्पन्न हुने अन्य प्रमुख तत्त्वहरूको प्रभावलाई हटाई सुरक्षा प्रदान गर्न मद्दत गर्दछ । यसले मांसपेशी बलियो बनाउन, कलिलो र हृष्टपुष्ट बनाउन मदत गर्छ । 
च्यवनप्रासले हाम्रो छालालाई कलिलो, नरम र चम्किलो बनाउँछ । साथै बुढ्यौली प्रक्रियालाई सुस्त बनाउने, स्मरणशक्ति बढाउने, मुटुका लागि राम्रो र पाचन, उत्सर्जन र श्वासप्रश्वास प्रणालीमा सुधार गर्न च्यवनप्रास लाभदायक छ ।
डाबर च्यवनप्रास जडीबुटी र प्राचीन आयुर्वेदिक औषधिबाट बनेको हुँदा स्वास्थ्यका लागि फाइदाजनक पौष्टिक जाम हो । यसमा विभिन्न जडीबुटी, अमला, घिउ, तिलको तेल र महको मिश्रणबाट बनाइएको हुन्छ । 

यसमा रहेको मुख्य तत्त्व अमलाकी हो, जसले शरीरमा भएका विषाक्त पदार्थ हटाउन मद्दत गर्छ । यसमा समृद्ध एन्टिअक्सिडेन्ट गुण र भिटामिन सीको उच्चतम स्रोतहरू हुन्छन् । यसमा रहेको घिउले एक शुद्ध मक्खन एक उत्प्रेरक (योगवाही) को रूपमा काम गर्छ र सेलुलर स्तरमा जाममा सामावेश जडीबुडीको अवशोषणलाई  दरिलो बनाउँछ । महले शरीरका लागि आवश्यक पर्ने जडीबुटीहरूको उत्प्रेरकका रूपमा काम गर्दछ । 

कसरी उपभोग गर्ने ?
यो कुनै विशेष मौसममा मात्र नभएर जुनसुकै मौसममा पनि प्रयोग गर्न सकिन्छ । डाबर च्यवनप्रास सिधै उपभोग गर्न सकिन्छ तर तातो दूध वा तातो पानीसँग खाँदा यो अझ उपयोगी हुन्छ । वयस्कहरूका लागि दिनमा एक चम्चाका दरले दुई पटक प्रयोग गर्दा राम्रो हुन्छ । यो बिहान खाली पेटमा एक चम्चा, नास्ता गर्नुअघि र बेलुकाको खानाको ३० मिनेटअघि एक चम्चा खान सकिन्छ । ३–१२ वर्षका बच्चाहरूका लागि मात्रा दैनिक दुई पटक आधा चम्चा खुवाउनुपर्छ ।
००
च्यवनप्रासमा पाइने प्रमुख तत्त्व अमलाले शरीरलाई डिटोक्सिफिकेसन हुन्छ । यसले रगत, कलेजो र फोक्सो सफा गर्छ । यसको नियमित सेवनले हामीलाई जवान रहन र मांसपेशीलाई स्वस्थ राख्न मदत गर्छ ।
साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई सुदृढ गर्न, शरीरको शक्ति र सहनशक्ति निर्माण गरेर रोगसँग लड्ने प्राकृतिक क्षमतालाई बढाउन, श्वासप्रश्वास प्रणालीमा सुधार गर्न सहयोग गर्छ ।
डाबर च्यवनप्रासको नियमित प्रयोगले शरीरको प्राकृतिक प्रतिरक्षाको सार बढाउँछ ।

च्यवनप्रासका फाइदाः
डाबर च्यवनप्रास ४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको समय–परीक्षण गरिएको आयुर्वेदिक ढाँचा हो, जसले शरीरको प्रतिरक्षा प्रणाली बढाउन मदत गर्छ । यसले ब्याक्टेरिया, भाइरस, धुलो र मौसम परिवर्तनका कारण हुने खोकी र चिसो आदि जस्ता दैनिक सङ्क्रमणबाट शरीरलाई बचाउँछ । स्वास्थ्यका हिसाबले डाबर च्यवनप्रास सबै उमेर समूहका (बालबालिका, वयस्क र वृद्ध) मानिसका लागि फाइनाजनक छ । भिटामिन सी र एन्टिअक्सिडेन्टले हाम्रो स्वास्थ्यमा फाइदाजनक काम गर्छ । यसले फोक्सोको शक्ति प्रवद्र्धन गर्न अविश्वसनीय काम गर्नसक्छ । यसले श्लेष्म झिल्लीलाई पोषण दिने भएकाले श्वासप्रश्वास मार्गलाई सफा राख्न मदत गर्छ ।

हाम्रो शरीरमा बल, ऊर्जा र विभिन्न सङ्क्रमणबाट जोगाएर यसले प्रतिरक्षा गर्न मदत गर्छ ।

डाबर च्यवनप्रासमा पाइने जडीबुटीहरूले फोक्सो जोगाउका लागि सङ्क्रमणसँग लड्न मदत गर्छ । यस्तै रुघाखोकी, दम, क्षयरोग, कब्जियत, भोक नलाग्ने, अल्छी लाग्ने र तौल घट्नेजस्ता रोगसँग लड्ने क्षमताको विकास गर्छ । प्रजनन स्वास्थ्य, छाला सुधार्न मद्दत, बुढ्यौली रोक्न र दीर्घायुका लागि यसले थप सहयोग गर्दछ । 

प्रतिरक्षा बुस्टर र स्टामिना 
च्यवनप्रास शक्तिशाली प्रतिरक्षा बुस्टर पनि हो र शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोषिकाहरू उत्पादन गर्न मद्दत गर्दछ । यसले रगत, कलेजो र फोक्सोलाई सफा गर्छ । यसले जवानी बढाउन मदत गर्छ ।

च्यवनप्रासमा प्राचीन कालदेखि नै स्वास्थ्य परिपूरक, रोग प्रतिरोधात्मक क्षमता र दीर्घायुको औषधिका रूपमा व्यापक प्रयोग हुँदै आएको पाइन्छ । 


कुपोषणविरुद्ध लड्छ 
च्यवनप्रासले कुपोषक तत्त्वको कमी हुँदा र पाचन प्रणालीमा समस्या हुँदा हुने कुपोषणविरुद्ध लड्न मदत गर्छ । साथै यसले स्मरणशक्ति बढाउन पनि मदत गर्छ । 

कोभिड–१९ सङ्क्रमण जोखिम १२ गुणासम्म कम गरेको अध्ययनको निष्कर्ष
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण हुन नदिन पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको विभिन्न अध्ययनहरूले देखाएका छन् । ‘अ लार्ज–स्क्याल मल्टी–सेन्ट्रिक क्लिनिकल अध्ययन’ले गरेको अनुसन्धानमा पनि डाबर च्यवनप्रासले कोभिड–१९ को समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ । 

उक्त अनुसन्धानका ६९६ जना सहभागीमध्ये ३५१ जनाले च्यवनप्रास प्रयोग गर्ने गरेका र ३४५ जनाले प्रयोग नगरेका दुई समूह बनाएर च्यवनप्रासबारे अध्ययन गरिएको थियो । 
सो अध्ययनको नतिजाले डाबर च्यवनप्रासको नियमित सेवन गर्नेहरूमा काभिड–१९ सङ्क्रमणको जोखिम १२ गुणासम्म कम भएको देखाएको छ ।

यस्तै विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को लागि प्रकाशित गरेको सामान्य मापनअनुसार कोभिड–१९ को गम्भीरता मूल्याङ्कन गरिएको थियो । यस अध्ययनले पनि डाबर च्यवनप्रासको नियमित प्रयोग गर्नेको जीवन स्तरमा २ गुणा सुधार भएको देखाएको छ ।

सो अध्ययनले च्यवनप्रास सेवन गर्नेहरू कोभिड–१९ को गम्भीर सङ्क्रमण हुनबाट बढी सुरक्षित रहेको देखायो । किनभने दुई जना सहभागी मात्र आरटी–पीसीआर भएका थिए । अध्ययन अवधि पूरा भएको २ महिनापछि पोजेटिभ र दुवैमा लक्षण नदेखिएको अस्पतालका निर्देशक तथा प्रिन्सिपल प्राध्यापक डाक्टर विदुला गुजरवारले बताए । अर्काेतर्फ नियन्त्रण समूहमा सोही अवधिमा चार जना सहभागीमा आरटी–पीसीआर पोजेटिभ आएको र तीमध्ये एक जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको प्राडा गुजरवारले बताए ।

जाडो मौसममा रोग प्रतिरोधात्मक क्षतामा सुधार 
यसमा धेरै रसायन जडीबुटीहरू छन्, जसले इम्युनोमोड्युलेटरी प्रभावमार्फत विभिन्न प्रकारका सङ्क्रमण हुनबाट जोगाउँछ । रोग प्रतिरोधात्मक क्षमता, मौसमी प्रभाव, नाकको एलर्जी र सङ्क्रमण आदिमा च्यवनप्रासको फाइदाजनक प्रभावलाई पुुष्टि गर्ने विभिन्न क्लिनिकल र पूव–चिकित्सा अध्ययनहरूले पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप