बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, १२ पुस २०७४, ०६ : ३२
बुधबार, १२ पुस २०७४

आजको राशिफल
बि.स.२०७४ पौष १२ गते । बुधबार । ईश्वी सन् २०१७ डिसेम्बर २७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष शुक्ल पक्ष । तिथि नवमी ३३ घडी ३० पला,बेलुका ८ बजेर १९ मिनेट उप्रान्त दशमी । नक्षत्र रेवती,३५ घडी १४ पला,बेलुका ९ बजेर ० मिनेट उप्रान्त  अश्विनी । योग परिध ४२ घडि ११ पला,रातको ११ बजेर ४७ मिनेट उप्रान्त शिब । करण वालव,बिहान ८ बजेर ४६ मिनेट उप्रान्त कौलव,बेलुकी ८ बजेर १९ मिनेट उप्रान्त तैतिल । 

आनन्दादिमा उत्पात योग । चन्द्रराशि मिन,बेलुका ९ बजे उप्रान्त मेष ।  

काठमाडौंमा सूर्योदय ६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर १५ मिनेट जादा । दिनमान २५ घडी ५१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुँनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने बिदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुँनेछ भने माया प्रेममा घटपट हुँने योग रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँने तथा बिदेशमा  हुँनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाति रहनेछन् । पैत्रिक धन तथा सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाई सँग काम गर्दा सामान्य मनमुटाव हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेमका कोपिलाहरु फक्रन नपाउँने हुँनाले मन दुखि हुँनेछ । अरुकै पछि लागेर हिड्नाले उललब्धि पनि नहुँने तथा आफ्ना कामहरु थाति रहनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सांगितिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाई लेखाईमा भनजस्तो सफलता हुँने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुँनाले कामहरु सजिलै सम्पादन हुँनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाईनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  माया प्रेम तथा पति पत्निबिच केहि बिषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुँनेछ  । धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुँनसक्छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ । बिदा तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेहुँदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुँनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुँनेछ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनितिमा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउँन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ । मनोबल मजभुत हुँने हुँनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनि गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप