आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लिगमा रियलको पहिलो हार

मङ्गलबार, २२ कात्तिक २०७९, ०८ : २३
मङ्गलबार, २२ कात्तिक २०७९

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लिगको पहिलो हार बेहोरेको छ । शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको हो । 

यसअघि रायोले खेलका अग्रता लिएको थियो । रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो ।  १३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ । मड्रिडको ३२ अंक छ । 

बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक-एक गोल गरेका थिए । रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरेपनि हार टार्न सकेनन् । 

अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप