आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रशिक्षण खेलका दौरान रोहित शर्मा चोटग्रस्त

मङ्गलबार, २२ कात्तिक २०७९, ०८ : ५३
मङ्गलबार, २२ कात्तिक २०७९

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई प्रशिक्षणका दौरान चोटग्रस्त बनेका छन् । एडिलेडमा ब्याटिङको नेट प्रशिक्षणका दौरान उनलाई चोट लागेको हो ।

मिडिया रिपोर्टका अनुसार उनको दाहिने हातमा चोट लागेको छ । यस घटनाको एक भिडियो पनि सार्वजनिक भएको छ जसमा उनले प्रशिक्षण रोकेर मैदानको छेउमा बसेको देख्न सकिन्छ । तत्कालै मेडिकल स्टाफ आएर उनको हातलाई जाँच गरेको पनि देखिएको छ ।

उनको चोट कति गम्भीर हो भन्ने चाहिँ स्पष्ट जानकारी आएको छैन । भारतले आइतबार जिम्बाव्वेलाई हराउँदै टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले १० नोभेम्बरमा इंग्ल्याण्डको सामना गर्नेछ । भारत र इंग्ल्याण्ड दुवैले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले सो खेल रोमाञ्चक हुने आकलन गरिएको छ । दोस्रो सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान खेल्नेछन् ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप