सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा मध्यावधि निर्वाचन : ४ करोडभन्दा बढी अमेरिकीले गरे प्रारम्भिक मतदान

मङ्गलबार, २२ कात्तिक २०७९, ०९ : ५२
मङ्गलबार, २२ कात्तिक २०७९

मंगलबारको मध्यावधि निर्वाचनअघि ४ करोडभन्दा बढी अमेरिकीहरूले प्रारम्भिक मतदान गरेका छन्, जुन दुई वर्षअघिको संख्यालाई उछिनेको अमेरिकी निर्वाचन परियोजनाले सोमबार जनाएको छ । अमेरिकीहरू मंगलबार  प्रतिनिधि सभाका ४ सय ३५ सदस्य, सिनेटको एक तिहाइ र राज्य र स्थानीय पदका लागि चुनावमा जादैछन् ।

५० अमेरिकी राज्यहरू मध्ये अधिकांशले मतदाताहरूलाई व्यक्तिगत रूपमा वा मेल मार्फत चाँडै मतदान गर्न अनुमति दिन्छन् । यो अभ्यास सन् २०२० को राष्ट्रपति चुनावको समयमा व्यापक भयो, जुन कोभिड–१९ महामारीको समयमा भएको थियो । 

अमेरिकी निर्वाचन परियोजनाका अनुसार सोमबारसम्म १.८.५ मिलियनभन्दा बढी प्रारम्भिक भोटहरू व्यक्तिगत रूपमा र २२.३ मिलियन मेलमार्फत गरी कुल ४०.८ मिलियनले मतदान गरेका छन् । सन् २०१८ को मध्यावधिमा  ३९.१ मिलियनले अग्रिम मतदान गरेका थिए । रिपब्लिकन सांसदहरूले धेरै राज्यहरूमा प्रारम्भिक मतदानमा प्राविधिक आपत्तिहरु दर्ता गरेका छन् । 

उदाहरणका लागि पेन्सिल्भेनियामा राज्यको सर्वोच्च अदालतले खाममा लिखित मिति नभएमा मेल गरेर पठाइएका भोटहरू गणना गर्न नसकिने आदेश दिएको छ । यो निर्णयले हजारौं मतपत्रहरूलाई सम्भावित रूपमा असर गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप