सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रकाशमानलाई मतदाताको प्रश्न- मेलम्चीको पानी कहिले आउँछ ?

मङ्गलबार, २२ कात्तिक २०७९, १२ : १९
मङ्गलबार, २२ कात्तिक २०७९

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् । 

आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिले आउँछ ?’ भनि प्रश्न गरेका थिए । मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउँदै आफूले जनतालाई केही समय कुरिदिन आग्रह गरेको सिंहले बताए । 

सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे । काठमाडौं क्षेत्र नं १ का मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके उनले बताएका थिए । 

संविधान निर्माण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बढाएको सिंहले जनाए ।  ‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्याएको छु,’ उनले भने । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप