सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीले अदालतको निर्णयलाई अवहेलना गरे : मन्त्री पौडेल

मङ्गलबार, २२ कात्तिक २०७९, १२ : ४२
मङ्गलबार, २२ कात्तिक २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको निर्णयलाई अवहेलना गरेको आरोप लगाएका छन् । 

मंगलबार ताराखोला गाउँपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले अदालतको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अवहेलना गरेको आरोप लगाएका हुन् । ‘जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्याउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ,’ उनले भने ।

संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएको उनको भनाई थियो । ‘व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यपालिकाले कार्यान्वयन गर्छ र कहीँ कतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो,’ उनले भने, ‘न्यायपालिकाले गरेको निर्णयको ओलीले अवहेलना गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप