सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अलपत्र पुल वर्षदिन भित्र उद्‍घाटन गर्ने उम्मेदवार श्रेष्ठको प्रतिवद्धता

बुधबार, २३ कात्तिक २०७९, ०७ : ५८
बुधबार, २३ कात्तिक २०७९

पूर्व श्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४  प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले बाराको प्रसौनी ७ बन्जरियामा ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको बंगेरी खोलाको पुल निर्वाचित भएको वर्षदिन भित्र निर्माण सम्पन्न गरेर उद्‍घाटन गर्ने प्रतिवद्धता जनाएका छन् । 

प्रसौनी हुँदै कलैया जाने भित्री सडक खण्डमा रहेको बंगेरी खोलामा  पुल निर्माणको काम ९ वर्षदेखि अलपत्र अवस्थामा हुँदा समस्या झेल्नुपरेको भन्दै स्थानीयले गुनासो गरेपछि उम्मेदवार श्रेष्ठले निर्वाचित भएलगत्तै काम अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् । ‘अलपत्र पुल कसरी, के कारणले रोकिएको हो, मंसिर ४ गतेपछि खोतलेर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउँछु’ उम्मेदवार श्रेष्ठले भने ‘जिल्लाको सदरमुकाम पुग्ने र बाराको निर्वाचन क्षेत्र नं ३ र ४ लाई जोड्ने बंगेरी पुलको निर्माण सम्पन्न गर्ने काम मेरो प्राथमिकतामा परेको छ, अव कुनै बहानामा ढिला सुस्ती हुँदैन ।’ 

बारा निर्वाचन क्षेत्र नं ४ को विभिन्न स्थानमा भएको घरदैलोमा कार्यक्रममा उम्मेदवार श्रेष्ठले मतदाताहरूले अवसर दिए शिक्षा, स्वास्थ्य, रोजगारी र गरिवी, विपन्न जनताको हकमा अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले स्वतन्त्र उम्मेदवारहरुले गरिब, विपन्न मतदातालाई रक्सि र मासुका बहकाउन खोजेको टिप्पणी गरेका छन् । 

‘गरिब भन्दैमा रक्सि र मासुमा बिक्छ भन्ने मानसिकता तोड्नुपर्यो, यदि कोही लोभी पापी साथीहरूले बाटो बिराउनु भएको छ भने सम्झाएर ल्याउनुपर्यो’ उम्मेदवार श्रेष्ठले भने । पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा मतदातालाई प्रभावमा पार्ने गरी आर्थिक गतिविधि गरेको श्रेष्ठको टिप्पणी गरेका छन् । 

घरदैलो कार्यक्रममा पूर्व संविधानसभा सदस्य जयप्रकाश यादवले बारा–क्षेत्र नं ४ का जनताले ५ दलीय गठबन्धनको तर्फबाट सक्षम र योग्य उम्मेदवार पाएकोले सबैलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् । उनले श्रेष्ठ निर्वाचित भए लगत्तै बंगेरी खोलामा रहेको अलपत्र पुलको काम समयमै सम्पन्न हुने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप