आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिनाब्रीको ह्याट्रिकमा बायर्नको फराकिलो जित

बुधबार, २३ कात्तिक २०७९, ०८ : २२
बुधबार, २३ कात्तिक २०७९

सेर्जी जिनाब्रीको ह्याट्रिकमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ६–१ गोल अन्तरले हराएको हो ।

बायर्नको जितमा सेर्जी जिनाब्रीले ह्याट्रिक गरे । पहिलो हाफमा चार गोल गरेको बायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । जितसँगै बायर्नले १४ खेलमा ३१ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा छ ।

वेर्डेर २१ अंक जोडेर सातौं स्थानमा छ । बुन्डेसलिगा अन्तर्गत नै मंगलबार राति भएको खेलमा भीएफबी स्टगार्डले हर्थलाई २–१ गोल अन्तरले हराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप