आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फाइनल पुग्न न्युजिल्यान्ड र पाकिस्तान भिड्दै

बुधबार, २३ कात्तिक २०७९, ०८ : ३८
बुधबार, २३ कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । साविकको उप–विजेता न्युजिल्यान्डले एक पटकको च्याम्पियनसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्न लागेको हो ।

न्युजिल्यान्ड यस अघिको विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । यता पाकिस्तान सन् २००७ र २००९ मा फाइनलमा पुगेको थियो । २००९ मा भने पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

२००७ मा भने भारतसँग ५ रनले पराजित भएको थियो । सिड्नी क्रिकेट मैदानमा हुने पाकिस्तान र न्युजिल्यान्ड बीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।

पाकिस्तान र न्युजिल्यान्डबीच हालसम्म टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २८ खेल हुँदा पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ ।

सुपर १२ मा लगातार दुई खेल हारेर पाकिस्तान समूह २ को उप–विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता न्युजिल्यान्ड भने एक खेलमा राजित हुँदै सेमिफाइनलमा पुगेको हो ।

आजको खेलमा पाकिस्तानका कप्तान बाबर आजम र मोहमद रिजवान उत्कृष्ट साझेदारी गर्र्दै टिमलाई जित दिलाउन योजनामा छन् । दुवै खेलाडी प्रतियोगितामा राम्रो प्रर्दन गर्न सकिरहेका छैनन् ।

यता न्युजिल्यान्ड पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । केन विलियमसन उत्कृष्ट प्रदर्शन गर्दै आइरकेका छन् । प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इङ्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप