आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१५ : भुटानमाथि नेपाललाई सहज जितको अपेक्षा

बुधबार, २३ कात्तिक २०७९, ०९ : ०५
बुधबार, २३ कात्तिक २०७९

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेलमा भुटानसँग खेल्दैछ । ढाकामा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ । यता भुटान प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । भुटान पहिलो खेलमा नेपालसँग ७–० गोल अन्तरले हारेको थियो ।

नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर  शीर्ष स्थान रहेको छ । 

भुटान अंक विहीन रहँदै पुछारमा छ । नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप