सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सागर ढकालको पक्षमा मत माग्दै अभिनेत्री अधिकारीले भनिन् - दाइ र बा प्रवृत्ति​ त्यागौँ

बुधबार, २३ कात्तिक २०७९, ०९ : ३७
बुधबार, २३ कात्तिक २०७९

निर्वाचन मिति नजिकिएसँगै कलाकर्मीहरू पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्दै मत माग्न व्यस्त छन् । यसै क्रममा अभिनेत्री निशा अधिकारीले पनि स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा मत मागेकी छिन् । 

अभिनेत्री अधिकारीले सामाजिक सञ्जालमार्फत 'दाइ' र 'बा' प्रवृत्ति त्यागेर देशको बारेमा सोच्न पनि मतदातालाई आग्रह गरेकी छिन् । परिवर्तको पक्षमा मतदान गरौँ भन्दै उनले सागरको तस्बिरसहित सामाजिक सञ्जालमा मत मागेकी हुन् । 

सागर ढकाल डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै उनी डडेलधुरामा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप