आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प छैन : गगन थापा

बुधबार, २३ कात्तिक २०७९, १० : ४३
बुधबार, २३ कात्तिक २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताए । उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताए । 

महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताए । उनले यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता जनाए । 

महामन्त्री थापाको निर्वाचन क्षेत्रका मतदाता भने थापाप्रति सन्तुष्ट नै देखिन्छन् । मतदाताहरुले पुराना नेताहरु परिवर्तन गरी देशमा युवा नेताहरु छान्नुपर्ने बेला आइसकेको अभिव्यक्ति दिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का स्थानीय किरण खड्गीले गगनकुमार थापा जस्तो युवा नेतालाई नजिताए देशले विकासमा उच्च लक्ष्य हासिल गर्न नसक्ने बताए । उनले महामन्त्री थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहँदा धेरै राम्रा कामहरु गरेकाले पनि प्रधानमन्त्रीको लागि योग्य भएको र युवालाई जिताउन आवश्यक भइसेकेको बता ए। 

त्यस्तै अर्का स्थानीय मञ्जु श्रेष्ठले स्वास्थ्यमन्त्री रहँदा महामन्त्री थापाले स्वास्थ्य बीमा लगायतका धेरै राम्रा कामको थालनी गरेको भन्दै युवाहरुलाई देश विकासको लागि जिताउन आवश्यक रहेको बताइन् । 

निर्वाचन आयोगले उम्मेदवारहरुलाई सभा, गोष्ठी, सेमिनार लगायतका चुनावी प्रचारप्रसारको समय दिएसँगै अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरु नागरिकको घरदैलोमा पुगेर भोट माग्न ब्यस्त छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुले नागरिकको घरघरमा पुगेर मत माग्ने क्रम जारी छ । निर्वाचन आयोगले मंसिर २ गतेसम्म उम्मेदवारहरुलाई भोट माग्नका लागि, गोष्ठी, सेमिनार, सभा गर्न समय उपलब्ध गराएको छ । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप