सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हप्तामा तीन पटक मात्रै ओछ्यानबाट उठ्छिन् ब्रिटनी : यस्तो रोग लाग्यो, भन्छिन् - बस भगवानको सहारा

बुधबार, २३ कात्तिक २०७९, १० : ५१
बुधबार, २३ कात्तिक २०७९


पप सेन्सेसन ब्रिटनी स्पीयर्सले आफ्नो स्वास्थ्यलाई लिएर चकित खुलासा गरेकी छन् । उनले आफ्नो शरीरको दाहिने हिस्साको नर्व ‘ड्यामेज’ भएको जानकारी दिएकी छन् । ब्रिटनीका अनुसार यो रोगको कुनै उपचार छैन । उनले लामो पोस्ट लेख्दै आफ्नो पीडा पोखेकी छन् ।

ब्रिटनीले नृत्य गर्दै आफ्नो भिडियो शेयर गरेकी छन् । जसमा उनी खुलेर नाँचेकी छन् । ‘म नाँचिरहेकी छु । मेरो शरीरको दाँया हिस्साको नर्व ड्यामेज भएको छ । यसको कुनै उपचार छैन । बस भगवानको सहारा नै हो । यो रोग त्यही बेला लाग्छ, जब तपाईंको दिमागसम्म अक्सिजन पुग्दैन । तपाईंको दिमागले काम गर्न बन्द गर्छ । नर्व ड्यामेजका कारण तपाईंको शरीरको भाग शुन्य हुन्छ’, उनले लेखेकी छन् ।

यो रोगलाई डरलाग्दो भनेकी छन् । ‘यो हसाउने कुरा हो कि जब म नृत्य गर्छु, तब पीडाको महशुस हुँदैन । यस्तो लाग्छ कि मेरो मन त्यो ठाउँमा पुग्छ, जहाँ मेरो भित्री बच्चा जिउँदो छ । म त्यसरी चल्न सक्दिनँ, जसरी म चाहन्छु ।’, उनले भनेकी छन् ।

ब्रिटनीका अनुसार उनी हप्तामा तीनपटक मात्र ओछ्यानबाट उठ्छिन् । उनको शरीरको दायाँ भागमा सुई र पिनले घोचेजस्तो घोच्ने गदद्र्यछ । यो पीडा उनको गर्धनसम्म जान्छ । यसको ठूलो पीडा उनको दिमागमा हुने गरेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप