सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली मूलकी सराहना श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यमा विजयी

बुधबार, २३ कात्तिक २०७९, ११ : १२
बुधबार, २३ कात्तिक २०७९

नेपाली मूलकी सराहना श्रेष्ठ न्यूयोर्क राज्यको विधानसभा सदस्यमा निर्वाचित भएकी छन् । डेमोक्रयाट उम्मेदवार उनको विजयसँगै अर्को इतिहास कायम भएको छ । उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरुको तर्फबाट भने उनी पहिलो बनेकी छन् । 

उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत पाइन् । नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई हराएकी हुन् । 

उनको क्षेत्र १०३ औँ हो भने उनले विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालसम्म बिजयी भएकी केभिन काहिललाई पराजित गरेकी थिइन्

श्रेष्ठ पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन । न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् । यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा ह्यारी भण्डारी  विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप