भड्किलो प्रचारमाथि आयोगको एक्सन (फोटोफिचर)
बुधबार, २३ कात्तिक २०७९, १५ : ०७
-रोशन पोखरेल
निर्वाचन आयोगले भड्किलो प्रचारप्रसारमा कडाइ गरेको छ । आयोगले जारी गरेको आचारसंहिता विपरीत पर्चा, ब्यानर र पोस्टरहरूको प्रयोगमा आयोगले कडाइ गरेको हो ।
सप्तरीको राजविराजमा सडक, भित्ता र पोलहरुमा टाँसिएका आचारसंहिता विपरीतका प्रचार सामग्रीलाई बुधबार हटाइएको छ । सुरक्षाकर्मीको सहयोगमा ती प्रचार सामग्रीहरू हटाइएको आयोगले जानकारी दिएको छ ।
तस्बिरहरू हेर्नुहोस्-