सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एलन मस्कले पुनः बेचे टेस्लाको करिब दुई करोड सेयर

बुधबार, २३ कात्तिक २०७९, १६ : ३०
बुधबार, २३ कात्तिक २०७९

विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले एकपटकब पुनः विद्युतीय कार निर्माता कम्पनी टेस्लाका १ करोड ९५ लाख सेयर बेचेका छन् । यसको मूल्य करिब ३.९५ अर्ब डलर हो ।​ यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमार्फत् यो जानकारी सार्वजनिक भएको हो ।

यो जानकारी यस्तो समय आएको हो जब एलन मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा अधिग्रहण गरेको दुई हप्ता पनि भएको छैन । यस वर्षको सुरुदेखि नै टेस्लाको सेयरको मूल्य ५० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

यसबाहेक टेस्लाले अमेरिकामा आफ्नो कारमा पावर स्टियरिङका साथै सम्भावित समस्याका कारण ४० हजार कार फिर्ता बोलाइरहेको छ ।​ एलम स्कले यस वर्षको अप्रिलमा ८.५ अर्ब डलर र अगस्टमा करिब ७ अर्ब डलरको टेस्लाको सेयर बेचेका थिए ।

यस्तै ट्विटर अधिग्रहणपछि एलन मस्कले करिब ५० प्रतिशत कर्मचारीलाई जागिरबाट निकालिसकेका छन् । आफूसँग कुनै विकल्प बाँकी नरहेको भन्दै उनले यसमा स्पष्टिकरण पनि दिएका थिए । उनका अनुसार ट्विटरले हरेक दिन ४० लाख डलरको क्षती व्यवहोरिरहेको छ ।

एलन मस्कले ट्विटरमा ब्लू टिक पाउनका लागि ८ डलर तिर्नुपर्ने घोषणा पनि गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप