आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलबारी गोल्डकपको उपाधि एपीएफले उचाल्यो

बिहीबार, २४ कात्तिक २०७९, ०६ : २०
बिहीबार, २४ कात्तिक २०७९

मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल एपीएफ काठमाडौंले हात पार्न सफल भएको छ । 

राजारानी क्लब धनकुटालाई बुधबार  ०(१ गोल अन्तरले पराजित गर्दैन  एपीएफले उपाधि उचालेको  हो । एपीएफका लागि खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । राजारानीका गोलरक्षक पुजन होनाले रोक्ने क्रममा रिबाउण्ड भएको बललाई कार्कीले पोस्टको दिशा दिँदै एपीएफका लागि निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल खान पुग्यो । 

 प्रतियोगिताको विजेता एपीएफले नगद रू ८ लाख १ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। उपविजेता राजारानी क्लब धनकुटाले नगद  रू ४ लाख १ हजार  पुरस्कार प्राप्त गर्यो । 

खेलको म्यान अफ द म्याच गोलकर्ता हरि कार्की घोषित भए । उनले नगद पुरस्कारसहित ट्रफि हात पारे। वेष्ट गोल किपर  एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेष्ट  डिफ्रेन्स पिटर सैगुन, वेष्ट मिडफिल्डर मणि लामा एपिएफ, वेष्ट स्टाईकर बुद्घ चेम्जोङ राजारानी,  वेष्ट कोच सुदिप श्रेष्ठ सशस्त्र, राईजिङ प्लेयर कासिम राई आयोजक डाँगीहाट, हाईस्कोर फोडे फोफोना सहलेस सिराहा, सर्वोकृष्ट खेलाडी टोपबहादुर विष्ट सशस्त्र प्रहरीका घोषित भए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रू २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५-१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी रहेको साथै गत १५ गतेदेखि प्रतियोगिता सुरू भएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वास्तवा राईले जानकारी दिए । 

 फाइनल खेलमा प्रमुख अतिथि नगर प्रमुख दिलप्रसाद राई रहेका थिए । उनले डाँगीहाट यूथ क्लबले आयोजना गरेको मोफसलकै सर्वाधिक लोकप्रिय र बढी पुरस्कार  राशिसहितको गोल्डकपले नगरको गरिमा बढाएको साथै खेल क्षेत्र र खेलाडीलाई अवसर र प्रोत्साहन प्रदान गरेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप