सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोरङको ३(१) मा आज उम्मेदवारी दर्ता

बिहीबार, २४ कात्तिक २०७९, ०६ : ३४
बिहीबार, २४ कात्तिक २०७९

मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(१) का लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने भएको छ । कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि आयोगले नयाँ चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो।

मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने समय समेत आजलाई नै तोकिएको छ ।
 
कात्तिक २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थापाको निधनपछि अब सो पार्टीलाई अर्को उम्मेदवारी दर्ता गर्न आयोगले समय दिएको हो । उम्मेदवारको निधन भएको पार्टीभन्दा अन्य दल तथा स्वतन्त्रले नयाँ तालिकाअनुसार मनोनयन दर्ता भने पाउने छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप