आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीलाई हराउँदै सिटी चौथो चरणमा

बिहीबार, २४ कात्तिक २०७९, ०७ : ५४
बिहीबार, २४ कात्तिक २०७९

रियाद मेहराज र जुलियन अल्भारेजको गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई २–० अन्तरले पराजित गर्दै काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । 

पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन् । सिटीका ज्याक गे्रअलिस  र १८ वर्षीय मिडफिल्डर लेविस हलले पाएको मौका सदुपयोग गर्न सकेनन् । सिटीले घरेलु मैदानमा सुधारिएको खेल देखाउँदै गोल गर्न सफल भयो । 

दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे । यससँगै सिटीले खेलको ५३औं मिनेटमा अग्रता लियो । अल्भारेजले ५८औं मिनेटमा गोल गर्दा सिटी सहज जिततर्फ अग्रसर भयो । 

आठ पटकको च्याम्पियन पेप ग्वार्डिओलाको सिटीले तेस्रो चरणमा अहिले सम्म पराजित हुनु परेको छैन । पहिलो हाफमा क्रिस्टियन पुलिसिकले दुई मौका गुमाउँदा चेल्सी हारमा बाध्य भयो । दोस्रो हाफमा समेत चेल्सी भाग्यमानी रहन सकेन । दोस्रो हाफमा सिटीका पूर्व खेलाडी रहिम स्टर्लिङ मैदान प्रवेश गरेपनि कुनै जादु देखाउन सकेनन् । 

यससँगै ग्राहम पोटरको नेतृत्वमा रहेको चेल्सीले पछिल्लो सात खेलमा दुई खेलमात्रै जितेको छ । शनिबार चेल्सीले प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग खेल्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप