आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लिभरपुल चौथो चरणमा

बिहीबार, २४ कात्तिक २०७९, ०८ : २२
बिहीबार, २४ कात्तिक २०७९

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लबले बुधबार राति भएको खेलमा डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराउँदै चौथो चरण प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो । लिभरपुलका लागि पेनाल्टीमा हार्भे इलियट, डार्विन नुनेज र एलेक्स चेम्बरलिनले गोल गरे । रोबर्टो फिर्मिन्हो र स्टेफानले गोल गर्न सकेनन् ।

उता काउन्टीका लुइ सिब्ले र डाभिड  म्याकगोल्ड्रीकले गोल गर्दा लेविस डोबिन, क्रेग र कोनोरले गोल गर्न सकेनन् ।

बुधबार राति नै भएको अर्काे खेलमा टोटेनहम नटिङघम फरेस्टसँग २–० ले पराजित हुँदै बाहिरिएको छ । फरेस्टले चौंथो चरणमा स्थान बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप