आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीएम कप : पहिलो सेमिफाइनलमा एपीएफ र मधेस प्रदेश भिड्दै

बिहीबार, २४ कात्तिक २०७९, ०८ : ३४
बिहीबार, २४ कात्तिक २०७९

विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशको सामना गर्दैछ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा खेल बिहान ९:३० बजे सुरु हुनेछ । एपीएफ क्लब समूह ‘ए’ को विजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो । मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

आजको खेलमा जित निकाल्दै मधेस प्रदेश फाइनलमा पुग्ने योजनामा छ । प्रधानमन्त्री कपमा मधेस प्रदेश पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ । यता एपीएफ पनि आजको खेलमा जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ ।

दोस्रो सेमिफाइनलमा शुक्रबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्नेछन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप