आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्सनल बाहिरियो, ब्राइटन चौथो चरणमा

बिहीबार, २४ कात्तिक २०७९, ०९ : ०७
बिहीबार, २४ कात्तिक २०७९

प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनसँग ३–१ गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।

प्रियिमर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल काराबाओ कपबाट भने बाहिरिएको हो । घरेलु मैदानमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । खेलको २०औं मिनेटमा एड्ी केटिहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

ब्राइटनले खेलको २७ औं मिनेटमा डेन वेल्केकको गोल मार्फत बराबरीमा फर्कियो । खेलको ५८ औं मिनेटमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाए ।

खेलको ७१ औं मिनेटमा तारिक लाम्पटेले गोल गर्दै ब्राइटनलाई ३–१ को जित दिलाए । जितसँगै ब्राइटनले चौंथो चरणमा स्थान बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप