आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्टरको फराकिलो जितमा फेडेरिकोको दुई गोल

बिहीबार, २४ कात्तिक २०७९, ०९ : २१
बिहीबार, २४ कात्तिक २०७९

फेडेरिको डिमार्कोको दुई गोलको सहयोगमा इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टरले बोलोग्नालाई ६–१ गोल अन्तरले हराएको हो ।

इन्टरको जितमा फेडेरिकोले दुई गोल गरे । त्यस्तै इडेन डेज्को, लाउटरो मार्टिनेज, हाकन र रोबिन गोसेन्सले एक एक गोल गरे । उता बोलोग्नाका चारालाम्पोसले एक गोल फर्काए । पहिलो हाफमा तीन गोल गरेको इन्टरले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

जितसँगै इन्टरले १४ खेलमा २७ अंक जोडेर इन्टर चौंथो स्थानमा छ । पराजित बोलोग्ना १६ अंक जोडेर १३ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप