सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिर्तामोड पुग्यो ‘नाई नभन्नु ल ६’, चुनावमा पनि छायांकन नरोकिने

बिहीबार, २४ कात्तिक २०७९, १० : ४१
बिहीबार, २४ कात्तिक २०७९

देश चुनावी माहौलले गर्माएको छ । नेता, कार्यकर्तादेखि सर्वसाधारणलाई चुनावले छपक्कै छोएको देख्न सकिन्छ । फिल्म ‘नाई न भन्नु ल ६’ युनिट भने अहिले धमाधम बिर्तामोडमा फिल्म छायांकन गरिरहेको छ ।

तिहार अगाडि काठमाडौँबाट छायांकन सुरु भएको फिल्म युनिट बाँकी छायांकन सकाउन बिर्तामोड पुगेको हो । फिल्मका निर्देशक विकाशराज आचार्य हुन् । सेडुल नै यसै समय रहेकोले धमाधम फिल्म छायांकन गरिरहेको निर्देशक विकाश राज आचार्यले बताए ।

‘कलाकार प्राविधिक सबैको समय अहिले मिलेको छ । यो समय फिल्म छायांकन नगरेर कहिले गर्नु’ निर्देशक आचार्यले भने, ‘चुनावको बेला पनि फिल्म छायांकन हुन्छ ।’ चुनाव भनेर काम नगरी बस्नु पनि नमिल्ने उनले सुनाए ।

‘नाई नभन्नु ल’ को यो छैठौ श्रृङ्खलाको रुपमा निर्माण हुन लागेको हो । अभिनेत्री आँचल शर्मा, नव अभिनेता आर्शीवाद क्षेत्रीको मुख्य भुमिका रहने फिल्म बाल मनोविज्ञानको कथामा बन्न लागेको हो । फिल्मका छायांकार पुरुषोत्तम प्रधान हुन् ।

आगामी वैशाख १ गते फिल्म रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप