सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समयको महत्त्व नबुझ्ने पछि पर्छ–अभिनेत्री नम्रता

बिहीबार, २४ कात्तिक २०७९, २० : ०४
बिहीबार, २४ कात्तिक २०७९

अभिनेत्री नम्रता सापकोटाले सबैले समयको महत्त्व बुझ्नुपर्ने बताएकी छन् । बिहीबार फिल्म ‘डेसान’ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै समयको महत्त्व बुझ्न नसक्ने कहिले पनि अगाडि नबढ्ने बताइन् । 

उनले फिल्म ‘डेसान’ पारिवारिक सम्बन्ध र प्रेमकथामा बनेको समेत जानकारी दिइन् । ट्रेलरमा पारिवारिक सम्बन्ध र प्रेमको उतारचढाप देखाउन खोजिएको छ । कमल एक्चै मगर निर्देशित फिल्ममा नम्रता सापकोटाको अलवा भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतको अभिनय छ ।

निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरूले जोखिम मोलेर सुटिङ गरेको बताए । ‘दर्शकको लागि निकै दुख गरेर फिल्म बनाएका छौ,’ उनले भने, ‘फिल्मले पूर्ण मनोरञ्जनका साथै समाजीक सन्देश पनि प्रवाह गरेको छ । त्यसैले आम दर्शकलाई हेर्न आग्रह गर्दछु ।’

अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झँदै अब भने फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । निर्देशक मगरले सुटिङमा दुःख पाएको भए तापनि अहिले फिल्म हेर्दा सबै पीडा भुलेको बताए । 

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र संवाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप