आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भिल्लाविरुद्ध युनाइटेडको पुनरागमन

शुक्रबार, २५ कात्तिक २०७९, ०६ : ३९
शुक्रबार, २५ कात्तिक २०७९

दुई पटक खेलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ओल्ड ट्रफोर्डमा ४–२ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।

भिल्लाले ओली वाटकिन्स र डिओगो डालोटको आत्मघाती गोलको मद्दतले खेलमा दुई पटक अग्रता लिएको थियो । तर रोमाञ्चक बनेको दोस्रो हाफमा युनाइटेडले ४ गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । युनाइटेडलाई जीत दिलाउन एन्टोनी मार्सियाल, मार्कस रासफोर्ड, ब्रुनो फर्नान्डेज र स्कट म्याकटोमिनीले १–१ गोल गरे । 

१८ वर्षीय युवा खेलाडी अलेजान्ड्रो गारानचोले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा गोलको अवसर सिर्जना गरेका थिए । अब युनाइटेडले बर्नलीको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप