जब एमाले अध्यक्ष ओलीले दुइटी नानीलाई फोटो खिच्न बोलाए...
शुक्रबार, २५ कात्तिक २०७९, ०८ : ०६
नेकपा एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली यतिखेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । बिहीबार उनी झापाको सुरुङ्गामा चुनावी सभामा थिए । प्रहरी र म्यादी प्रहरीको सुरक्षा घेराभित्र सभा चलिरहेको थियो । सभा सकिएपछि मञ्चको अगाडि दुइटी नानीले अध्यक्ष ओलीको फोटो खिच्दै थिए ।
यो देखेपछि अध्यक्ष ओलीले उनीहरूलाई हातले इसारा गरी मञ्चमै बोलाए । सुरुमा नानीहरूले पत्याएनन्, ओलीले दोहोर्‍याएर इसारा गरेपछि मञ्चतिर बढेका उनीहरूलाई सुरक्षाकर्मीले रोके । ओलीले सुरक्षाकर्मीलाई पनि इसारा गर्नुपर्‍यो ।
यसरी मञ्चमा पुगेका ती नानीहरू निकै प्रफुल्लमा मुद्रामा देखिन्थे । सोफामा ओलीको दायाँबायाँ बसेर उनीहरूले सेल्फी खिचे–टिकटक खिचे । मञ्चमा भीड हुन थालेपछि ओली मञ्चको अगाडि आए । त्यसपछि पनि फोटो र भिडियो खिच्नेको भीड थियो ।