आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१५ : उपाधि उचाल्ने योजनामा नेपाल

शुक्रबार, २५ कात्तिक २०७९, ०९ : ०४
शुक्रबार, २५ कात्तिक २०७९

बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार अन्तिम खेल खेल्दैछ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ ।

ढाकामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल उपाधि जित्ने योजनामा छ । यसअघिको तीन खेलमा नेपालले सहज जित निकालेको थियो ।

यसअघिको भेटमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल ३ खेलमा अपराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । उता बंगलादेशलाई भने जितको आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप