रौतहटबाट ८७ हजार नक्कली नोटसहित ६ जना पक्राउ
शुक्रबार, २५ कात्तिक २०७९, १० : १७
रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए ।
बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।