आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैँकले साढे १४ प्रतिशत लाभांश दिने

शुक्रबार, २५ कात्तिक २०७९, ११ : ३५
शुक्रबार, २५ कात्तिक २०७९

गरिमा विकास बैँक लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर सदस्यहरुलाई साढे १४ प्रतिशत लाभांश दिने भएको छ । कार्तिक २४ गते बसेको बैँक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ताको १३ प्रतिशत सेयर लाभांश र १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५९ कारेड ८ लाख ७३ हजार ५०१ रुपैयाँ ८९ पैसा रहेको छ । यसको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५ रूपैयाँ २५ पैसा बोनस सेयरमा कन्भर्ट गर्नेछ भने बाँकी १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२ रूपैयाँ ५३ पैसा बैँकले नगद लाभांश बाँड्ने छ । 

लाभांश भने नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैँकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप