आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओलीको प्रक्षेपण  : जसपा राष्ट्रिय पार्टी, लोसपालाई दशा लाग्यो, राप्रपा धेरै बाठो !

शुक्रबार, २५ कात्तिक २०७९, २३ : ०९
शुक्रबार, २५ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) मंसिरको निर्वाचनपछि पनि राष्ट्रिय पार्टी रहने बताएका छन् । 

सुनसरीको धरानमा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जसपा राष्ट्रिय पार्टी बन्ने भएपनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दिन दशा बिग्रिएर एमाले छाडेर सत्ता गठबन्धनतिर लागेको टिप्पणी गरे । एमाले एक्लै भएको भनेर हल्ला चलाएको भन्दै जसपा र राप्रपालाई मिलाएको र तालमेल गरेको बताए । 

‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ । लोसपा हामीसँग अलिक समय थियो, ककसको इशारामा के के भयो, कसो भयो उहाँहरुले जान्ने कुरा भयो, छोडेर गठबन्धनतिर लाग्यो’, ओलीले भने, ‘दिन दशा विग्रिएपछि त्यस्तै हुँदोरहेछ ! गठबन्धनतिर लाग्यो अव राष्ट्रिय पार्टी रहँदैन । एउटा दुइटा सिट आयो भने सारै ठुलो कुरो । र, राष्ट्रिय पार्टी लोसपा बन्दैन । दशा लाग्यो ।’

ओलीले राप्रपाको पनि भविष्यवाणी गरे । ‘राप्रपा बाठो रहेछ । समयमा बुद्धि पुर्याएर ठ्याक्क समयमा आएर’, ओलीले प्रशंसा गरे ।  उनले एमालेसँग लड्न सक्ने हैसियतको कुनै पार्टी नै नेपालमा नभएको भन्दै कांग्रेससँग विचार र संगठन सकिएको दावी पनि गरे । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेस र माओवादी लगायतका गठबन्धन दलको कटाक्ष गरे । ‘नेपाली कांग्रेससँग विचार छैन, संगठन छैन । ढोडका बैसाखी टेकेर हिँडेको छ । देश विकसका सन्दर्भमा बहस गर्न कांग्रेस आओस् भनेको मेले चाईंचुई छैन । चुनाव लड्न आओस् भनेको । कांग्रेस सभापतिले भनेको सुन्नुभएको होला । एक्लै लड्न गयो भने एमालेले सिध्याउछ भनेको । कतिपल्ट एमालेले कांग्रेसका सिङ फुकालिसकेको छ’, उनले गठबन्धन हुँडारको जत्थाको संज्ञा दिए । 

‘मैले प्रचण्डलाई भनेको थिएँ, दुई तिहाइ दिएको छु भन्दैमा र त्यो दुई तिहाइको दुरुपयोग गरेर एमाले सुध्याउँछु भन्ने कुबुद्धि नपलाओस् है’, जोगी र मुसोको कथा सुनाउँदै ओलीले भने ।

ओलीले सुनसरीबाट अशोक राईले जित्ने र एमाले कार्यकर्ताले जिताउने घोषणा गर्दै माधव नेपालको पार्टी रित्तिइनै सकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप