आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई गोरखाली जनाताले पाउनु गौरवको  कुरा हो : पाण्डे

शुक्रबार, २५ कात्तिक २०७९, १६ : ०७
शुक्रबार, २५ कात्तिक २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गोरखा प्रतिनिधिसभा–२ अन्तर्गतको प्रदेशसभा–२ का उम्मेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाले पाउनु ठूलो रुखको छहारी जस्तै भएको बताएका छन् । गोरखाको सिरान चोकको हर्मीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाण्डे प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिनु गोरखाली जनताको गौरवको विषय भएको टिप्पणी गरे । 

‘नेपालीमा उखानै छ, ठूलो रुखको ओत लागे धेरै झरी पानी रोक्न सकिन्छ, छहारी पनि हुन्छ । अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्नु ठूलो रुखको छहारीजस्तै भयो । त्यो गोरखाली जनताका लागि गौरवको विषय हो’ पाण्डेले भने । प्रचण्डलाई गोरखाबाट निर्वाचित गराएमा गोरखा मात्रै नभएर देशकै मुहार फेरिन सक्ने पाण्डेले बताए । गोरखाबाट प्रचण्डले जित्नु नै नेपाली जनताको जित हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप