आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकास र सम्बृद्धिका लागि गठबन्धनलाई मतदान गर्नुहोस् : डा. अधिकारी

शनिबार, २६ कात्तिक २०७९, ०९ : २७
शनिबार, २६ कात्तिक २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदो छ । उम्मेदवारहरूले घरदैलो अभियानको गतिलाई पनि बढाएका छन् ।  यसै सन्दर्भमा चितवन ३ नम्बर क्षेत्रको वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू माडीमा मत माग्न व्यस्त छन् ।

उनीहरूले स्थानीयका गुनासा र समस्या सुन्दै निर्वाचन लगत्तै समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् । ठाडा खोलाले दिने समस्या, वन्यजन्तु नियन्त्रण, सडक पुल पुर्वाधार निर्माणमा स्थानीयको समस्या केन्द्रित थियो । थारू समुदायमा राज्यको समान पहुँच र रोजगारी  आवश्यक रहेको जानकारी गराए । केही गुनासोसहित गठबन्धनप्रति उनीहरूको विश्वास छ ।  लालपुर्जा वितरणलाई तीब्रता दिन शितलपुरका स्थानीयले माग गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेदवार डा भोजराज अधिकारीले माडीका समुदायको जीवन स्तर सुधार गर्न योजना निर्माण गर्ने बताए । लालपुर्जाका लागि संघर्ष गर्ने उनले बताए । शहिद पार्क निर्माण सम्पन्न गरिने, थारू समुदायमा हुने सिकलसेल एनिमिया निवारणका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । समृद्ध माडी बनाउन गठबन्धनलाई मतदान गर्न डा। भोजराजको आग्रह छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप