आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्थाल समुदायको अधिकार स्थापित गरेरै छाड्छु : नेता सिटौला

आइतबार, २७ कात्तिक २०७९, ०६ : १५
आइतबार, २७ कात्तिक २०७९

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य  झापा क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।

झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा ,मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको  जीवन स्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू निरन्तर लागिरहने बाचा गरे । अहिलेसम्म पनि राज्यबाट उपेक्षित भइरहेका सन्थाल समुदायका परिवारले दोस्रो दर्जाको नागरिकको अवस्थाबाट मुक्त नभइ समाजवादको अनुभूति नहुने भन्दै कांग्रेसका पूर्व महामन्त्री सिटौलाले निर्वाचनपछि बन्ने सरकारले सन्थालका सबै पीडा र समस्या हल गर्ने प्रष्ट पारे । 

बाह्रदशी गाउँपालिका अन्तर्गत राजगढ बजारमा सन्थाल समुदायले आयोजना गरेको  जेष्ठ सन्थाल आमाबुबा सम्मान तथा सन्थाल सांस्कृतिक कार्यक्रममा नेता सिटौलाले गणतन्त्रवादीलाई मतदान गर्न समेत आह्वान गरेका थिए । नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पार्दै लोकतन्त्रको रक्षा र गणतन्त्रको संस्थागत विकासमा सन्थाल समुदायले खेलेको भूमिकाको राष्ट्रले  संम्मान गर्ने समेत बताए ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार पूर्णप्रसादसिंह राजवंशी, संविधान सभा सदस्य मोहन टुडु , सन्थाल समुदायका अग्रज शिक्षक बडाराम हेमरम लगायतले मन्तव्य राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा सन्थालको अस्तित्व रक्षा हुनु पर्ने धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप