आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्सनललाई पाँच अङ्कको अग्रता

आइतबार, २७ कात्तिक २०७९, ०६ : १७
आइतबार, २७ कात्तिक २०७९

वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको घरेलु मैदानमा पराजित गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अङ्कको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा आर्सनल २–० गालअन्तरले विजयी भएको हो ।

आर्सनलको जीतमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । उनले दुवै गोल खेलको दोस्रो हाफमा गरेका थिए । ५४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका उनले ७५ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।

शनिबार म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँगै स्तब्ध भएपछि आर्सनललाई अग्रता फराकिलो बनाउने अवसर मिलेको हो । १४ खेलपछि आर्सनलको ३७ अंक रहेको छ । सन् २००७ पछि टोली पहिलोपटक क्रिसमसमा लिगको शीर्ष स्थानमा रहनेछ । आर्सनल सन् २०१६ यता लिगमा पाँचौँ स्थानभन्दा उक्लन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप