आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सी फेरि पराजित, स्पर्सको रोमाञ्चक जीत

आइतबार, २७ कात्तिक २०७९, ०६ : २६
आइतबार, २७ कात्तिक २०७९

चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको प्रिमियर लिग अन्तरगतको खेलमा न्युक्यासलले चेल्सीलाई १–० गोलले हराएको हो ।

न्युक्यासलको जीतमा जो विलकले ६७ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै न्युक्यासल लिगको तेस्रो स्थानमा कायम रहेको छ । टोलीको १५ खेलपछि ३० अङ्क रहेको छ । चेल्सी भने सबै प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै लिगको आठौँ स्थानमा खस्किएको छ ।

उता चौथो स्थानमा रहेको टोटनहम हटस्पर्सले सात गोलको थ्रिलरमा लिड्स युनाइटेडलाई हराएको छ । तीन पटक गोलले पछि रहेको अवस्था उल्ट्याउँदै स्पर्सले खेलमा ४–३ ले पुनरागमन गर्न सफल भएको हो ।

क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । तर २५ औँ मिनेटमा ह्यारिकेनले गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको अन्त्यमा रोड्रिगोले पुनः लिड्सलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै बेन डेभिसले बराबरी गोल फकाए ।

७६ औँ मिनेटमा रोड्रिगोले पुनः लिड्सलाई खेलमा अगाडि बढाए । तर, रोड्रिगो बेन्टान्कुरले खेलको अन्त्यतिर दुई गोल गर्दै स्पर्सलाई रोमाञ्चक जीत दिलाए । १५ खेलपछि २९ अङ्क बटुल्दै स्पर्स लिगको चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप