आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुवै जिल्लाका सिमानामा विकास गर्ने दुई उम्मेदवारको प्रतिवद्धता

आइतबार, २७ कात्तिक २०७९, ०६ : ३३
आइतबार, २७ कात्तिक २०७९

कर्णाली र लुम्बिनी प्रदेशको सिमानामा दुई जिल्लाका उम्मेदवारहरूले नागरिकहरूको समस्या संयुक्त रुपले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । सल्यानको त्रीवेणी गाउँपालिका वडा नम्बर १ र दाङको शान्तिनगर- १ को सिमाना कालापोखरामा एमालेका दुवै जिल्लाका उम्मेदवारहरूले साझेदारी गर्दै सुखी नेपाली र समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्ने गरी काम गर्ने बताए ।  

सल्यान ख का उम्मेदवार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज गुलाबजंग शाह र दांग ३ (ख) का उम्मेदवार तथा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले दुवै क्षेत्रको विकासको लागि संयुक्त रुपमा प्रतिबद्धता जनाएका हुन् ।

दाङ  र सल्यानका मतदाताहरुसंग दुवै उम्मेदवारहरुले एक अर्काका लागि मत मागेका थिए । कार्यक्रममा कर्णाली र लुम्बिनी प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी तथा स्थानीय पार्टी कमिटी एवं विभिन्न जनवर्गीय संगठनका प्रमुख प्रतिनिधिहरूको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप