आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीले आज कर्णालीका तीन जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

आइतबार, २७ कात्तिक २०७९, ०७ : ४०
आइतबार, २७ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् । 

यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले प्रदेश अध्यक्ष विनोद शाहले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप